शुक्रबार, १४ नोभेम्बर २०२५

नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरूषको शव फेला

कालिकोटको तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरूषको शव फेला परेको छ। महावै गाउँपालिका-५ स्थित नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका औवलगेला बस्ने करिब ३० वर्षीय कवि पोख्रेलको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनी असार २ गते नुहाउनेक्रममा बेपत्ता भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - कालिकोट

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय रु दुई करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा रु एक करोड २० लाख ६० हजारमात्र आम्दानी भएको छ। नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘मधेसमा जताततै सपेता : पानी बेपत्ता’

मधेसका धेरैजसो ठाउँमा घुर्‍यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन्। करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

काठमाडौँ महानगरद्वारा पानोर्मा फार्मेसीलाई कारबाही गर्न पत्राचार

काठमाडौं महानगरपालिकाले ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ। कामपा स्वास्थ्य विभागले कामपा–३, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा रहेको उक्त फार्मेसीको बारेमा गुनासो आएपछि अनुगमन गरी कारबाहीका लागि विभागलाई पत्राचार गरेको हो। विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कामपाको स्वास्थ्य विभागले केही दिनअघि उक्त फार्मेसीमा अनुगमन गरेको थियो। अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए। पसलमा म्याद सकिएका औषधि भेटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुटपाटमा संलग्न भारतीय नागरिक पक्राउ

टपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी आज सार्वजनिक गरेको हो। यही असार २ गते साँझ अन्दाजी ५ः३० बजे रौतहट मौलापुर नगरपालिका–७ बाट घरेलु कटुवा पेस्तोलसहित थान एक, गोली राउण्ड थान दुईसमेतका दशी प्रमाणसहित पक्राउ गरिएको प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्। आरोपितलाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकार्य आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।  चिकित्सा शिक्षा आयोगको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसईईकाे नतिजा असार दाेस्राे सातामा आउने

गत चैतमा सम्पन्न एसईई परीक्षाकाे नतिजा यही असार दाेस्राे साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बाेर्डले बिएल नेपाली सेवालाई जानकारी दियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘सुमदरानी’लाई अर्को ‘निर्मला पन्त’ बनाउने बाटोमा सरकार

निर्मलाको हत्यारा त पत्ता लगाउन सकेको छैन नै सरकार। निर्मला जस्तै हत्याको शिकार बनेकी बाँकेको कोहलपुर नगरपालिका– ६ रझेनाकी सुमदरानी थारूको पनि हत्यारा सरकारले पक्राउ गर्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘भ्रष्टाचार विराधी अभियन्ता हुँ’ ठगी गर्ने ४ जना पकाउ

गोकर्णेश्वर नगरपालिकाभित्र गैह्रकानुनी रुपमा भष्ट्राचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडाैँ टालीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिना अनुमति कतिपय गैरसरकारी संस्थाहरुले सङ्घीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको ‘काकाकुल’ गाउँः पोखरीको ‘धमिलो पानी’ पिउँदै

निर्वाचनका बेला गाउँमा खानेपानी ल्याइदिने बाचा गरेपनि ‘सांसद–मन्त्री वा स्थानीय तहका जनप्रतिनिधि’ले आजसम्म समाधानको कुनै उपाय नै खोजेनन्। उनीहरू बरु अन्य योजनाको नाममा कमिसन खानमै लागे। तर काकाकुल गाउँका ३५ घरपरिवारले भोग्दैआएको पानीको चरम अभावबारे कहिल्यै सोचेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

उनले भने, ‘अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीलाई बजेट चाहिँदैन भन्दै ज्ञानेन्द्र शाही फिर्ता गरे बजेट पुस्तिका

‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन, अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन्’, उनले भने, ‘म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन। म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु। चाहिँदैन बजेट।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई कांग्रेस सांसदकाे प्रश्न- तीन वटा फाइल कसकाे हाे, कसलाई धम्क्याएकाे?

सांसद थानीले तीन वटा फाइल कसकाे हाे बताइदिन चुनाैतीसमेत दिए। ‘म भन्छु तपाईं कसलाई धम्क्याइरहनुभएकाे छ? मलाई लाग्छ, तपाईं सत्तामा बसेर सल्लाह गर्नुभएकाे छ। तपाईंले धम्क्याएकाे काँग्रेसलाई हाेला भन्ने मेराे अनुमान छ। म अलिअलि बुझ्न सक्छु। ल काँग्रेसले भन्याे अब- तागत छ तीन वटा फाइल कसकाे हाे? कुन कुन नेताकाे? हिम्मत छ?’, उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको सो रिट सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर, न्यायाधीश मनोज शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईं झापा र धनुषाको मात्र मन्त्री हो?

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मनोजकुमार र विनोद शर्माको इजलासमा

न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राईसमेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकारसमेत दिने आदेशमा उल्लेख गरेको छ। रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

बेँसीसहर नगरपालिका– १ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। प्रतिनिधिसभामा सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं