शुक्रबार, १४ नोभेम्बर २०२५

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोलीले खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

जीबी राईको लोकेशन पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने

आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए। मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सर्लाहीमा बस दुर्घटना, ३ जनाकाे मृत्यु, २५ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिकामाको रायमाझी चोकमा रात्री बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

शिक्षामन्त्रीले कडाइ गरेपछि ८२५ शिक्षकले राजनीति त्यागे, २० जनाले जागिर

शिक्षा मन्त्रालयले शिक्षा ऐन २०२८लाई कार्यान्वयन गर्न राजनीतिक दलमा आबद्ध शिक्षकलाई सदस्यता त्याग्न आव्हान गरेकाे थियाे। उक्त आव्हानपछि ८२५ शिक्षकले राजनीतिक आबद्ध त्यागेकाे र २० शिक्षकले शिक्षण पेसा नै त्यागेकाे मन्त्रालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किसानले दुधको पैसा मागे, सरकराले झेल खाना देखायो

सरकारसँग गरेका ती सम्झौताहरू त कार्यान्वयन भएनन् नै स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बाचासमेत पूरा हुन सकेन। १० पुस २०८० मा प्रधानमन्त्री प्रचण्डले कार्याकालको वर्षदिन पुगेको अवसरमा भनेका थिए, ‘दुध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

गएराति करिब १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा सञ्जयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कवाडी व्यवसायीमाथि प्रहरीले बिनाकारण धरपकड गर्‍याे, गृहमन्त्रीले जवाफ दिनुपर्छ: प्रभु शाह

उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौँ महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि प्रहरीले बिनाकारण प्रहार गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरी अस्पतालका पूर्व मेसु चापागाईंको काज सरुवा

२०७० असोज २३ मा लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरेल डिजिज उपसमूहको नवौँ तहको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नेगरी विज्ञापन प्रकाशित गरेको थियो। उक्त पदका लागि चापागाईं सिफारिसपछि नियुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

‘बालेन शाहको घरअघि लगेर सबै फोहोर थुपारौँ’

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाएजस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किएका छन्।  उनी जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै बुधबार बिहान काठमाडौँ आइपुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

संसद भवनभित्र प्रहरीका कमान्डाेले गोली हानी आत्महत्या

संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद भवनभित्र प्रहरीका कमान्डाेले गोली हानी आत्महत्या गरे

संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। उनले शाैचालयमा गोली हानेको  स्राेतले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्सामा चार सय सीमास्तम्भ मर्मत

पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ। सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो। तेह्र नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताए। “पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको छ”, उनले भने, “बाँकी दुई सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ।” प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

आज राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ। विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार उनीहरूलाई एक–एकवटाका दरले बाख्रा वितरण गरिएको हो। पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने छ। ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ। यो प्रक्रिया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ। उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए। ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो। पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिए। स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर