बिएल संवाददाता
एमाले नेता महेश बस्नेत साइबर ब्यूरो पुगेका छन्। एकजना महिलाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई बयानका लागि बोलाएको थियो।
सरकारी वकिलको कार्यालयले ती महिलाको उजुरीमाथि अनुसन्धान गर्न प्रहरीलाई भनेको थियो। सामाजिक सञ्जालमा महिलाविरुद्ध गालीगलौज र अस्लिल कुराहरू लेखेको भन्दै उनिविरुद्ध उजुरी परेको थियो।
यसअघि जिल्ला अदालतमा पनि उनीविरुद्ध मुद्दा थियो। प्रहरीले त्यसमा पक्राउपूर्जी मागेको थियो। तर अदालतले थप प्रमाणहरू ल्याउन भन्दै पक्राउपूर्जी दिन मानेको थिएन।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया