बिएल संवाददाता
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।
रोकायलाई बाँसगढी नगरपालिका– ४ बढुवार गाउँ नजिक बिहीबार दिउँसो २ बजेतिर जनचेतना सामुदायिक वन किनारमा बाघले आक्रमण गरेको थियो।
उनी हस्नापुरबाट बर्दिया बाँसगढी नगरपालिका– ४ मा दिदीको घर जाँदै गर्दा बाघले आक्रमण गरेको अर्यालले बताए।
रोकायको घटनास्थलमै मृत्यु भएको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया लगिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया