बिएल संवाददाता
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
'लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ', विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष यादवले नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन्।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्याउन सरकारलाई सचेत गराइन्छ।'
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया