बिएल संवाददाता
आज नेपाल आएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन्।
उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्। उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन्।
अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्। उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया