बिएल संवाददाता
सन् २०२४ को सुरुवातमा उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो पहिलो ‘दुश्मन’ भनेका थिए। उनले त्योबेला प्रस्ट भनिदिएका थिए कि अब दुई देशबीच शान्तिपूर्ण एकीकरणको सम्भावना धेरै टाढा भइसकेको छ।
यस्ता अभिव्यक्तिमात्रै होइन, उत्तर कोरियाले भित्रभित्रै गरिरहेको क्षेप्यास्त्र र परमाणु हतियारको परीक्षणले पनि त्यो क्षेत्रमा सम्भावित युद्धको खतरालाई औँल्याइएको छ।
जानकारहरू उत्तर कोरियाले भित्रभित्रै युद्धको तयारी गरेको र त्यसको बचाउका लागि दक्षिण कोरियाले पनि आफ्ना युवा दस्तालाई तयारी अवस्थामा राखेको बताइरहेका छन्।
उत्तर कोरियासँग साँच्चिकै युद्ध भइहाल्यो भने के होला? दक्षिण कोरियाली एकजना युवा जुङ होले त्यसको तयारीका लागि एक ‘सर्भाइवल किट’ तयार गरेका छन्।
३० वर्षका यी युवालाई लाग्छ, यदि अप्रत्यासित रुपमा केही नहुनु भइहाल्यो भने यो सर्भाइवल किटले उनी र कम्तीमा उनका केही परिवारलाई कम्तीमा ७२ घण्टासम्म भोक मेटाउन त्यो काम लाग्नेछ।

यो किटमा उनले पानी अनि केही सुकेको चामल राखेका छन्। जुन चामललाई उनले पहिला पकाए अनि त्यसलाई सुकाए। अनि त्यसलाई ‘प्याक’ गरिएको छ। त्योसँगै किटमा एउटा म्याप र कम्पास पनि छ, जो मोबाइल फोन र सार्वजनिक यातायात प्रणाली अवरुद्ध हुँदा काम लाग्नसक्छ।
उनले आफ्नो रक्षाका लागि बुलेट प्रुफ कपडाहरू अनि ग्यासयुक्त मास्कहरू पनि तयारी अवस्थामा राखेका छन्।
‘हाम्रा लडाकु सेनाहरूसँग हामी सारा कोरियाली जनताको रक्षाका लागि पर्याप्त हातहतियार र उपकरणहरू नहुन पनि सक्छ’, उनी भन्छन्, ‘त्यसैले हामीले हाम्रो सुरक्षा र बन्दोबस्ती आफैँ पनि गर्नुपर्छ भनेर हामी तयार हुँदैछौँ।’
उनीमात्रै होइन, सम्भावित युद्धबाट बच्न र त्यसको प्रतिकारका लागि अहिले धेरैजसो कोरियाली युवाहरूले यस्ता तयारीहरू गरिरहेका छन्। दक्षिण कोरियाले तयार गरिराखेको करिब ३१ लाख ‘रिजर्व सैनिक’मध्येका एकजना जुङ पनि हुन्। उनीजस्ता हजारौँको संख्यामा रहेको यो फौजका युवाहरूले यस्ता धेरै तयारीहरू गरिरहेका छन्।
हाइड्रोजन इनर्जीसम्बन्धी अध्ययन गरेका यी युवा जुङ भन्छन्, ‘म सोलको बीचोबीचमा बस्छु। मलाई लाग्छ कि यहाँ एउटामात्रै क्षेप्यास्त्रले पनि सबै खतम हुनसक्छ।’
दक्षिण कोरियाको राजधानी सोल १९५३ मा स्थापित असैन्य क्षेत्रबाट करिब ३० माइलको दूरीमा छ। कोरियाली युद्धविरामका लागि भएको सन्धिपछि यो ‘असैन्य क्षेत्र’ घोषणा गरिएको थियो।
तर अहिले पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपहरूमा तनाव बढिरहेका छन्। परमाणु हतियारदेखि यसै वर्षमात्रै उत्तर कोरियाले चार वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।
अप्रिलको सुरुवाततिर उत्तर कोरियाले एउटा ठोस इन्धनयुक्त सुपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको र त्यसले दक्षिण कोरियाको आधाजति भागसम्म मार हान्नसक्ने दाबी गरेको थियो।
युद्धका बेला आफ्नो बचाउ र सामूहिक कदम उठाउनका लागि दक्षिण कोरियाली युवाले आफ्नो देशमा प्रचलित एउटा म्यासेजिङ एप ‘काकाओ’मा समूहहरू बनाउन थालेका छन्। त्यसमा हजारौँ कोरियाली युवा जोडिएका छन्। त्यसलाई उनीहरूले एउटा नाम दिएका छन् ‘सर्भाइवल स्कुल’, त्यसमा लगभग २५ हजारभन्दा धेरै कोरियाली युवाहरू जोडिइसकेका छन्।
दक्षिण कोरियाली नागरिकको यस्ता प्रकारका तयारी देख्दा लाग्छ सम्भावित युद्ध नजिकिरहेको छ। उत्तर कोरिया पनि दिनप्रतिदिन आक्रामक बन्दै गइरहेको छ।
अहिले दक्षिण कोरिया कुनै पनि प्रकारका युद्धबाट निकै टाढा छ। तर छिमेकी उत्तर कोरियाले उसलाई निरन्तर जिस्क्याइरहेको छ। दक्षिण कोरियाले अहिले एक जीवन्त र समृद्ध लोकतन्त्रको अभ्यास गरिरहेको छ। यो देशमा रहेका लाखौँ विदेशी कामदारमध्ये धेरै नेपाली पनि छन्। हरेक वर्ष हजारौँको संख्यामा नेपाली कामदार कोरियाले लैजाने गरेको छ।
विकासको गतिमा अघि बढिरहेको दक्षिण कोरियालाई अहिले युद्धप्रति खासै चासो छैन। जानकरहरूका अनुसार युद्धप्रतिको यही उदासिनताले भोलिका दिनमा युद्ध भइहाल्यो भने दक्षिण कोरियाले त्यसको चर्कै मूल्य चुकाउनुपर्ने पनि हुनसक्छ। (बिबिसीको सहयोगमा)
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया