बिएल संवाददाता
लिङदेन भन्छन्- हिनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन्।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लागेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका छन्।
लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्वजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन्।
उनले यस्ताे भनेका छन्:
लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ।
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिईने कार्यक्रम छ।
नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो।
त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौंँ !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया