बिएल संवाददाता
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४ माथिल्लो मसिने भनिने स्थानबाट लागुऔषध गाँजा एक क्विन्टल ३० किलो एक सय ५० ग्रामसहित मंगलबार पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो।
निकुञ्जअन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेनाको टोली र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका–५ निवासी ३६ वर्षीय दीपक थापा मगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेल र एक नाबालकलाई पक्राउ गरेको थियो।
पक्राउ परेकालाई आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया