बिएल संवाददाता
राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसको मस्को सहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा भएको आतंकवादी हमलाप्रति दु:ख व्यक्त गरेका छन्।
शुक्रबार कन्सर्ट हलमा आतंकवादी हमलामा परी कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सया भन्दा धेरै घाइते भएका छन्।
निवर्तनमा अध्यक्ष तिमिल्सिनाले साँझको समयमा कन्सर्टमा रमाइरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकवादी कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना गरेका छन्।
‘उक्त घटनामा ज्यान गुमाउने निहत्था रुसी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ तिमिल्सिनाले भनेका छन्।
नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले सधैं अहिंशा र शान्तिको पक्षमा रहेको भन्दै उनले शान्ति र अहिंशाका पक्षधरहरुले विश्वका कुनै पनि देशमा हुने यस्ता आतंकवादी घटनाहरुको समर्थन गर्न नसक्ने बताएका छन्।
यस हमलालाई उनले शान्ति र अहिंशाका बिरुद्ध गरिएको अमानवीय घटना भएको पनि टिप्पनी गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया