बिएल संवाददाता
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
गौतमले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
गौतम २०७७ वैशाखमा सचिवालयकाे महासचिव नियुक्त भएका थिए। पदावधि सकिन ८ महिना बाँकी छँदै उनले राजीनामा दिएका हुन्।
गौतमकाे राजीनामालगत्तै महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसमक्ष पाण्डेको नाम सिफारिस गरेका हुन्।
कार्यकाल सकिन बाँकी छँदै एमालेनिकट गौतमलाई राजीनामा गराएर साेही पार्टीनिकट पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएकाे हाे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया