सोमबार, ०४ अगस्ट २०२५

नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)

बीएल नेपाली सेवासँगको विशेष कुराकानीका क्रममा उनले आफू कुनै पनि सर्वोच्च जिम्मेवारी सकिएपछि व्यक्तिले नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)

अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक हो: डा.प्रतिक वाग्ले

डा.प्रतिक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा कार्यरत छन्। पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञका रुपमा सक्रिय उनी सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुख्खा बन्दरगाह पूर्ण क्षमतामा संचालन हुन किन सकेकाे छैन?

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ। तथापि, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए: विष्णुबहादुर विश्वकर्मा (अन्तर्वार्ता)

माओवादीले बन्दुकको बलमा वा बन्दुकद्वारा राज्यसत्तालाई ध्वस्त गर्ने भन्ने जुन नीति थियो त्यो पूरा हुन सकेन। बन्दुकबाट राज्य सत्ता कब्जा गर्न सकेको भए पूर्णरुपमा माओवादीले चाहेको संविधान हुन्थ्यो र मुक्ति हुन्थ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राज्यले युवालाई ‘नेपाल भनेको अवसरको देश हो’ भनेर बुझाउन सकेन- सराेज बानियाँ (अन्तर्वार्ता)

युवा वर्ष कुनै युवा समूह अथवा कुनै एउटा संघसंस्थाले मात्र मनाएर हुँदैन। देशले नै मनाउनसक्नुपर्छ। हाम्रो सोच देशले नै योजना बनाएर मनाओस भन्ने हो। युवा वर्षको लागि सरकारले नै प्रधानमन्त्री अध्यक्ष रहने र एकजना राष्ट्रिय संयोजक नियुक्त गरेर एक वर्षसम्म विविध खालका कार्यक्रमहरु गरेर मनाउन सक्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनआरएनए एकताको महाधिवेशन कसैले रोकेर रोकिन्न: आरके शर्मा (अन्तर्वार्ता)

यस्तो विवादका विच प्रधानमन्त्रीज्यू कार्यक्रममा सहभागी हुनुहुन्छ जस्तो लाग्दैन। हाम्रो एउटा एजेण्डामा पो लडाइँ छ, व्यक्तिमा होइन नि। सरकारले अभिभावक बन्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रदेशहरू मास्ने होइन अझ बलिया बनाउनुपर्छ (अन्तर्वार्ता)

हामी एकदमै नौलो अभ्यासमा छौं र भर्खरै दशकको यात्रामा छौं। हाम्रा सिकाइ अनि अनुभवहरू अझै परिपक्व भइनसकेको अवस्था छ। अधिकार कसले दिने वा लिने भन्दा पनि संविधानमै त्यसको व्यवस्था गरिसकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी

मानव तस्करी घटेको छैन, तौर-तरिका बदलिएको मात्रै हाे: नवीन जोशी

मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो। तर, अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन्। कुनै लैङ्गिकताका आधारमा फरक छैन्। बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको सिकारमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक दलहरुमाअहिले पनि दलित समुदायलाई हेप्ने प्रवृत्ति छ- गणेश विश्वकर्मा (अन्तर्वार्ता)

दलका नेताहरुलाई दलितहरु दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन। यसका कारण उनीहरुलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ। संविधानले बाध्यकारी बनाएका ठाउँमा समेत दलहरुले कमजोर मान्छेहरुलाई लाने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दासढुङ्गा हत्याको सत्यतथ्य बाहिर आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: ओली (अन्तर्वार्ता)

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी कार्यक्रम’मा धेरै आशा गर्न सक्ने अवस्था छैन: मन्त्री चौधरी (अन्तर्वार्ता)

मैले बजेट भाषणपछि प्रधानमन्त्रीलाई भेटेर यस विषयमा छलफल नै गरेको छु। प्रधानमन्त्री छोरी कार्यक्रम जति विशाल सन्देश दिएको छ, त्यति बजेट हेर्दा खुम्चिएको पाएँ। छोरी उत्थान नै गर्न भनेर बनाएको कार्यक्रममा सरकारले खुलेर लगानी गर्नुपर्छ। यसलाई नमूना कार्यक्रमका रुपमा सुरु गर्ने भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा हाम्रो पार्टीले दाबी गरेको पनि हुनसक्छ: झलनाथ खनाल (अन्तर्वार्ता)

यो वर्तमान सरकारमा सहभागी पार्टीभित्र विकसित हुने आन्तरिक समझदारीका विषय हो। यस्ता कुराहरुलाई बहसमा ल्याउनु हुँदैन। प्रधानमन्त्रीमा हाम्रो पार्टीले दाबी गरेको पनि हुनसक्छ, भित्रीरुपमा केही कुरा भएका पनि हुन सक्छन्। यस्ता विषयलाई राजनीतिक गृहकार्यकै तहमा छाडिदिनुपर्छ। मुख्य कुरा मुलुकमा सुशासन र राजनीतिक स्थिरता हो, हामी त्यसका पक्षमा छौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्र होइन यसलाई चलाउने पात्र फेर्नुपर्छ

अहिलेको व्यवस्थाभित्र धेरै गरिहाल्ने अवस्था छैन। अधिकारको सदुपयोग गर्दै आफ्नो ‘भिजन’लाई लागू गर्न सक्ने खालको अवस्था आएमा पक्कै पनि देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सक्छौँ भन्ने मान्यतामा छौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारसँगकाे श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो, चाँडै निष्कर्षमा पुर्याउँछौँ: राजदूत ढकाल (अन्तर्वार्ता)

उटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ। तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो। जतिसक्दो चाँडो हामी यसलाई निष्कर्षमा पुर्याउँछौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छः पर्यटनमन्त्री

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहेका किरातीले मुलुकको हवाई क्षेत्रको सुधार र पूर्वाधार विस्तार तथा गुणस्तरीय व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘नेपालमा केही कुरा सम्भव छैन, विदेश नै जानुपर्छ भन्ने प्रवृत्ति मौलाइरहेको छ’

एकथरि शक्ति अहिले देशमा निराशा बाँड्न उद्यत देखिन्छन्। नेपालमा केही कुरा सम्भव छैन, यहाँ बस्न सकिँदैन, विदेश नै जानुपर्छ भन्ने प्रवृत्ति अहिले मौलाइरहेको पाइन्छ। हुँदाहुँदा मध्यम वर्गमा पनि विस्तारै विदेशिने मोह देखिन थालेको छ। नेपालमै अवसर सिर्जना गरेर मात्र विदेश पलायनलाई रोक्न सकिन्छ। तथापि विदेश पलायनलाई हरहालतमा रोक्नुपर्छ। सरकार, राजनीतिक नेतृत्व यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ: नेता राणा (अन्तर्वार्ता)

अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरुसँग कहिलेकाहीँ भेटघाट हुँदा अचम्म लाग्छ। उदाहरणका लागि एकजना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’बारे संसद्मा भाषण गर्नुभयो। त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ। अरू धेरै काबिल र महत्वपूर्ण नेता पनि हुनुहुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलम्चीको पूर्णरुपमा निर्माण कार्य नहुँदासम्म काठमाडौँबासीले धैर्य राख्नुपर्छ: मन्त्री यादव (अन्तर्वार्ता)

काठमाडौँ उपत्यकालगायतका सहरमा धेरै पुराना खानेपानीका पाइप भएकाले सडक, विद्युत्, ढल निर्माण कार्य हुँदा ठक्कर लागेर तोडफोड र क्षति हुने गरेको छ। हामीकहाँ विकास निर्माणका एकीकृत व्यवस्था छैन। अब सरकारले एकीकृत बनाएर मात्र गर्नुपर्छ। यसअघि परीक्षण थिएन, अब सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनमा हुने बहस र छलफलबाटै सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्छ: सभामुख घिमिरे (अन्तर्वार्ता)

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो, सरकार पनि धेरै बने। सभा पनि धेरै भए। यति लामोसमयसम्म पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्नाको कारण के के हुन्, संस्थागत रूपमा ककसको भूमिका के छ, त्यो हेरिनुपर्छ। त्यसमा सभामुखको भूमिका के हुन्छ, सुझाव आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं