सोमबार, ०४ अगस्ट २०२५

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा छ’

सामाजिक सञ्जालसम्बन्धी नीति नै नभएको अवस्थामा मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ। निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न हुने र नहुने कामका बारेमा जानकारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन: सांसद चौधरी

सांसद चौधरीले भने, ‘सदनमा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, दलबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण कानुन बन्न सकेका छैनन्, प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्को प्रभावकारिता नदेखिनुमा सरकार र प्रतिपक्षका सबै सांसद उत्तिकै जिम्मेवार छौँ: सांसद विक

संसद्को प्रभावकारिता देखिन नसक्नुमा सरकार र प्रतिपक्षतर्फका सबै सांसद उत्तिकै जिम्मेवार छौँ। सरकारले पनि संसद्लाई ‘बिजनेस’ दिन सक्नुपर्यो। नियम कानुन बनाउने कुरामा तदारुकता देखाउनुपर्यो। सरकारले जे जति विधेयक संसद्मा दर्ता गराएको छ त्यसलाई स्वीकृत गर्नका लागि प्रतिपक्षले पनि सहयोग गर्न आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा सांसदको भूमिका गौण भयो, शीर्ष नेता हाबी भएः सांसद घिमिरे

यहाँ संसद्काे मात्र होइन, कार्यपालिकाकै पनि भूमिका छैन। सदनले पारित गरेको विनियोजन विधेयकलाई सर्वाेच्च अदालतले उल्टाइदियो। ऐन पारित गर्ने विधायिकी अधिकार हो। संविधानसँग बाझिएमा बाझिएको हदसम्म मात्रै अमान्य हुन्छ। विनियोजन विधेयकमा निर्वाचन क्षेत्र विकास कोषका लागि रकम छुट्याइएकामा अदालतले रोकेर विधायिकी अधिकार क्षेत्रभित्र प्रवेश गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दैनिकजसो युवाशक्ति विदेश पलायन हुँदैछ, यो प्रवृत्तिले देशको विकास सम्भव हुँदैन: सांसद भण्डारी

उनले थपे, ‘देशमा अहिले कैयौँ कानुनहरु या त नयाँ बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने अवस्था छ। कानुन अभावले काम अगाडि बढाउन पाइएन भनेर जताततैबाट गुनासो आइरहेको सुनिन्छ। यो भनाइ प्रतिपक्षी सांसदको मात्र होइन, सत्तापक्षकै सांसदको गुनासो पनि यही छ।’ देश बनाउने जनशक्ति दिनहुँ विदेशतिर गइरहेको देख्दा सांसद भण्डारीलाई नराम्रो लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपतिक निर्वाचन प्रणालीमा जानुको कुनै विकल्प छैन’

मुलुकको तीव्र आर्थिक विकास नहुनुमा शासकीय स्वरुप र निर्वाचन प्रणालीको दोष देखिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएको शासकीय स्वरूपमा जानुको कुनै विकल्प छैन। जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति जनताप्रति बढी उत्तरदायी हुन्छ। त्यस्तो व्यक्तिले मात्र जनताको अपेक्षा वास्तविकरूपमा पूरा गर्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दलहरुका बीचमा तिक्तता हटाएर देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन’

‘सोचे जति काम गर्न नसक्नुमा राजनीतिक अस्थिरता मुख्य कारण हो। क्षणिक लाभका लागि छिटोछिटो गठबन्धन परिवर्तन गर्ने प्रवृत्तिले वैमनस्यता खडा गर्छ। एकअर्कालाई चिढ्याउने काम गर्छ। श्रद्धा घट्छ। विश्वसनीय र भरपर्दाे वातावरण बन्दैन। यसको निकासका लागि राजनीतिक दलहरुका बीचमा तिक्तता हटाएर देशको विकास र राष्ट्रियताको रक्षाका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेरा तीन वटा एजेण्डा पूरा भएपछि राजनीति गर्दिनँ : गंगा चौधरी (अन्तर्वार्ता)

गंगा चौधरी (सतगौवा) दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनी प्रतिस्पर्धीका रुपमा उत्रँदै तेस्रो पटक संसदको यात्रा तय गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ