बिएल संवाददाता
लमजुङ दोर्दीका ५० वर्षीय भक्तराज गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि चितुवान बीपी कोइराला मेमोरियल अस्पतालमा पुगे।
चेकजाँचको रिर्पोटमा गुरुङलाई खुट्टामा छालाको क्यान्सर पुष्टि भयो। चिकित्सको सल्लाहमा गरुङले उपचारमा पहिलो पटक शल्यक्रिया गरे।
शल्यक्रिया गरेपछि पनि फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ गरेर गुरुङलाई किमो दिए। तीन वटा किमो साथसाथै उनको मृत्यु पनि भयो।
उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको अस्पतालका सुचना अधिकारी गृहीनारायण महतोले बताए।
उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो।
बिरामीको उपचारमा लापर्बाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ। सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ।
यहि विषयलाई लिएर हामीले कस्ता विरामीलाई कति समयमा किमो दिने कसरी दिने भन्ने विषयमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहलाई प्रश्न गरेका छौँ प्रस्तुत छ डा. अरुण शाहीसँग गरेको कुराकानी जस्ताको त्यस्तै
क्यान्सर रोगको निवारण गर्ने तीन प्रकारले गरिन्छ। शल्यक्रिया, केमोथेरामी र औषधी दिएर सेकाउने गरिन्छ।
धेरैमा शल्यक्रिया गर्न नमिल्नजे टाउँमा केमो थेरापी हार्मेण थेरामी दिने गर्छ। फस्ट स्टेजको क्यान्सरमा धेरैमा अप्रेशन गरी केमो थेरापीको आवश्यता पदैन।
क्यान्सर रोगको उपचार गर्दा हामीले ओइट र हाइट नापेर औषधी दिने चलन छ। कुन विरामीलाई कति औषधी आवश्यता छ शरीरलाई सोउँदो उपचार अर्थात औषधी दिन्छौँ।
चितुवान भएको केसमा महिले बुझदा विरामीले जति पाउँनु पर्ने औषधीको डोज ३.५ एमजी रहेछ। अस्पतालको भिडभाँडको कारणले नर्सहरुले विरामीलाई हतार हुँदा ३५ एमजी दिएर साइड इफेक्ड भएर विरामीको मृत्यु भएको रहिछ।
साइड इफेक्डले क्यान्सरको कोसीकाहरुलाई मर्ने काम गर्छ। नयाँ बनेर आउने कोसीका सेतो रगत बनेर आउँदा एक घण्टादेखि पाँच घण्टामा लाग्छ। भने, रातो रगत अर्थात हेमोग्लोबीनको पनि उतिकै समय लाग्छ। त्यही समयमा भित्रका कोसीकालाई चाहे भन्दा बढी केमो दिएमा सक्रिया हुन्छ।
यस कारणले विरामीलाई इन्फेक्स भयो होला सांस फेर्न गाह्रो भयो होला रगतको समस्याको कारणले मृत्यु भयो। यस्ता कारणले विरामीको मृत्यु हुने सम्भवना हुन्छ। त्यसैले हामीले विरामीको निगरानीमा राख्नु पर्छ।
यो विषयमा कसैलाई दोस दिन मिल्दैन। स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई लामो समय तोकिने गर्छ। दिनमा विरामी ५०–८० जना हेर्नु परेको हुन्छ। डाक्टर नर्सहरुलाई थकिने, होस नहुने प्रेसर भाइरहेको समस्याले यो घटना भएको हो।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया