बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कपमा पुग्ने चार टोलीको टुंगो लागेको छ।
शनिबार राति सम्पन्न खेलमा इरान र साविक विजेता कतार सेमिफाइनल पुगेसँगै एसियन कपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको हो।
शनिबार उपाधि दाबेदारको रूपमा रहेको जापानलाइ इरानले २–१ गाेलले पराजित गरेको थियो।
खेलको इन्जुरी समयमा इरानका अलिरेजा जहाँबख्शले पेनाल्टीमार्फत गरेको गोल नै निणार्यक बन्न पुग्यो। जापानको लागि हिडेमासा मोरिताले गोल गरेका थिए। जापानले इरानविरूद अग्रता लिएको थियो।
त्यस्तै, शनिबार राति भएको अर्को खेलमा साविक विजेता कतारले उज्वेकिस्तानलाइ पेनाल्टी सुटआउट मार्फत ३–२ को जित निकाल्दै सेमिफाइन प्रवेश गरेको हो।
निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ साविक विजेता कतारले उज्वेकिस्तानमाथि जित हात पार्यो।
त्यस्तै, शुक्रबार जोर्डन र दक्षिण कोरियाले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन्। दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ ले पराजय गरेर सेमिफाइनलमा पुग्यो। कोरियाले अतिरिक्त समयमा १ गोल गर्दै जित दर्ता गर्यो।
शुक्रबार नै भएको अर्काे खेलमा जोर्डनले ताजिकिस्तानलाई १–०ले हराएको थियो।
सेमिफाइनल खेल अब मंगलबार जोर्डन र दक्षिण कोरियाबीच हुने छ भने बुधबार आयोजक कतार र इरानबीच खेल हुनेछ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया