बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कपमा पुग्ने चार टोलीको टुंगो लागेको छ।
शनिबार राति सम्पन्न खेलमा इरान र साविक विजेता कतार सेमिफाइनल पुगेसँगै एसियन कपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको हो।
शनिबार उपाधि दाबेदारको रूपमा रहेको जापानलाइ इरानले २–१ गाेलले पराजित गरेको थियो।
खेलको इन्जुरी समयमा इरानका अलिरेजा जहाँबख्शले पेनाल्टीमार्फत गरेको गोल नै निणार्यक बन्न पुग्यो। जापानको लागि हिडेमासा मोरिताले गोल गरेका थिए। जापानले इरानविरूद अग्रता लिएको थियो।
त्यस्तै, शनिबार राति भएको अर्को खेलमा साविक विजेता कतारले उज्वेकिस्तानलाइ पेनाल्टी सुटआउट मार्फत ३–२ को जित निकाल्दै सेमिफाइन प्रवेश गरेको हो।
निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ साविक विजेता कतारले उज्वेकिस्तानमाथि जित हात पार्यो।
त्यस्तै, शुक्रबार जोर्डन र दक्षिण कोरियाले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन्। दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ ले पराजय गरेर सेमिफाइनलमा पुग्यो। कोरियाले अतिरिक्त समयमा १ गोल गर्दै जित दर्ता गर्यो।
शुक्रबार नै भएको अर्काे खेलमा जोर्डनले ताजिकिस्तानलाई १–०ले हराएको थियो।
सेमिफाइनल खेल अब मंगलबार जोर्डन र दक्षिण कोरियाबीच हुने छ भने बुधबार आयोजक कतार र इरानबीच खेल हुनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया