बिएल संवाददाता
काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुँदैछ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समयअनुसार साढे ३ बजेदेखि सुरु हुनेछ।
त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदैछ। यो खेल नेपाली समयअनुसार साढे ५ बजेदेखि सुरु हुनेछ।
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ। भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
नेपालले यसअघिका सबै ६ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उप-विजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँचपटक उपाधि जितेको छ। भने, एकपटक बंगलादेशले उपाधि जितेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया