बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो।
साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुँदैछ। यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन्। नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ। भने, समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ। नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दैछ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उप-विजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँचपटक उपाधि जितेको छ। भने, एकपटक बंगलादेशले उपाधि जितेको छ।
एन्फाले घोषणा गरेको टिम:
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ।
डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर।
मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी।
फरवार्ड:
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया