बिएल संवाददाता
जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।
जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक-एक गोल गरेका थिए।
यो जितपछि जर्मनीको समूह ए मा २ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ।
त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।
अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ। भने, हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया