आइतबार, २० सेप्टेम्बर २०२६

‘बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष देखियाे’

उनले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वस्पूर्त रुपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताए। उनले भने, ‘सिद्धान्तबाहिरको कर लगाइयो भन्ने आरोप छ, आम्दानी र नाफा नहुने ठाउँमा कर लगाइयो भन्ने टिप्पणी छ, यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता, परियोजनाको काम समयमै सक्ने प्रतिबद्धता

‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’, उनले भने। एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसको बेलगाम ‘बेरुजु’

सरकारको सुशासन कस्तो भन्ने चिनाउने प्रमुख आधार आर्थिक सुशासन भए पनि मधेस प्रदेश भने बेरुजुको चक्रब्यूहमा छ। बेरुजु भन्नाले कानुनविपरीत हुने बजेट खर्च हो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

सांसद पन्तकाे प्रश्न- यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ?

उनले भने, ‘अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रङक लाइन महसुल विवाद समाधानको दिशामा

मन्त्रिपरिषद्ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। सोसम्बन्धी व्यहोराको पत्र ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पठाइएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवीनराज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्छ: सांसद गुरुङ

‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ। त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ। यसतर्फ पनि सोच्न जरूरी छ’, गुरुङले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जागिर छाडेका सिबी लामा सहकारीको ८ अर्ब अपचलनमा पक्राउ

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको ८ अर्ब बढी रकम अपचलन गरेको आरोपमा उनी चितवनको भरपुरबाट शुक्रबार (जेठ १८ गते) पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दोहोरो अङ्कले बढ्यो नेप्से

आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए अझ राम्रो आउँथ्यो: पूर्वअर्थमन्त्री पौडेल

‘अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ। निश्चित समयभित्र यो काम गर्नुपर्छ। तर सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन उहाँले भ्याउनुभएन’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो। सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको छ: अर्थमन्त्री पुन

‘बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो’, अर्थमन्त्री पुनले भने, ‘स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन्। निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

वीरगञ्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’

आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ। यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि विभिन्न छुट तथा सहुलियतका कार्यक्रम ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १७ सयले बढ्यो सुनकाे मूल्य

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सयले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन: अर्थमन्त्री पुन

‘बजेटमा अलिअलि आलोचना स्वभाविक हो। केही ठाउँबाट आलोचना पनि भएका छन्। अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्’, अर्थमन्त्री पुनले भने। तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओरालो यात्रामा नेप्से

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ। कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

आर्थिक विधेयक, २०७८ (प्रतिस्थापन)मार्फत सरकारले तय गरेको राजस्व नीतिपछि स्टिल उद्योगीको छाता संस्थामा फुट मात्रै देखिएन, सरकार माथिसमेत नैतिकता र आर्थिक/राजस्व अनुशासनको गम्भीर प्रश्न उठाइयो। स्पञ्ज तथा स्क्राप र बिलेटको करसम्बन्धी विवाद पछिल्लो तीन वर्षयता सरकारले आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा सबैभन्दा बढी चासो दिइने र ‘बजार तरङ्गित’ हुने विषय बन्न पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निरन्तर बढ्याे सुनको मूल्य

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको छ’

‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्री पुनले भने। आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋण माग्दा पनि साढे पाँच खर्ब घाटाको बजेट कसरी बाँडिएको छ?

यो बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ