बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ। आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ।
तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैङ्क समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन्।
आठ कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। विकास बैङ्कको शेयर कारोबार बढेको देखिएको छ। कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव १९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया