ज्योति देवकोटा
नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।
निगमकाअनुसार आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको रहेकाे छ। निगम याे आम्दानी गत ३ वर्षकाे आम्दानीमा १४४ प्रतिशतले बढी भएकाे निगमकाे भनाइ छ।
निगमकाे गएकाे आर्थिक वर्ष २०७७/७८ मा आम्दानी रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो आव २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको थियाे।
निगमकाे आम्दानी बढेकाे भए पनि निगम अझै ४८ अर्ब ऋणमा छ। निगमसँग ८ बर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्।
वर्तमान नेतृत्वले उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको विज्ञप्तिमा छ।
थप समाचार
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया