बिएल संवाददाता
नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १५. ४६ अङ्कले बढेर दुई हजार ११९. ६९ अङ्कमा रोकिएको हो।
आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ।
आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०. १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३. ४३ प्रतिशतले बढेको छ।
त्यस्तै बैंकिङ ०.४८, होटल तथा पर्यटन १. ७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बीमा १.९७ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बीमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ।
त्यसैगरी आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४. ७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ९ लाख ४ हजार ६९४ बराबरको कारोबार भएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया