बिएल संवाददाता
नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।
आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो।
११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो। त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो।
आज हिमालयन डिष्टिलरीको शेयर मुल्य सबधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ। त्यसैगरी आज उपकार लघु वित्तको सबधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको शेयर ५.५१ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ।
कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै शेयर बजारमा हरियाली आएको बताइएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया