बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको हो।
कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ।
कूल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता शेयर रु तीन अर्ब ७७ करोड ५४ दाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु ४० करोड ९० लाख बराबरको कारोबार भयो।
एनआइसी एशिया बैंक रु १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर रु १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत् कम्पनी रु नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर रु सात करोड ६१ लख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन्।
त्यस्तै, सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया