बिएल संवाददाता
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ। सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घटेर २ हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो।
आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। आज तीन सय चार कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर ९१ हजार ३ सय ६४ पटकको खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० बराबरको कारोबार भएको छ।
आजको कारोबारमा ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १ सय ४१ कम्पनीको शेयर मूल्य घटेको छ। सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को शेयर मूल्य ५ दशमलव ०३ प्रतिशतले घटेको छ। बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ।
यो कम्पनीको २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको ५ लाख ९९ हजार ७ सय ६१ कित्ता शेयर किनबेच भएको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया