बिएल संवाददाता
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ। सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घटेर २ हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो।
आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। आज तीन सय चार कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर ९१ हजार ३ सय ६४ पटकको खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० बराबरको कारोबार भएको छ।
आजको कारोबारमा ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १ सय ४१ कम्पनीको शेयर मूल्य घटेको छ। सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को शेयर मूल्य ५ दशमलव ०३ प्रतिशतले घटेको छ। बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ।
यो कम्पनीको २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको ५ लाख ९९ हजार ७ सय ६१ कित्ता शेयर किनबेच भएको छ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया