
बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो। यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो।
आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार भएको छ।
विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०७, वित्त समूह शून्य दशमलव २८, होटल तथा पर्यटन समूह चार दशमलव ७४, लगानी समूह शून्य दशमलव ३६, निर्जीवन बीमा समूह शून्य दशमलव ७३ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ समूह शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ५८, जीवन बीमा समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३, लघुवित्त समूह शून्य दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव २१ र व्यापार समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ।
चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा छ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको ५५ करोड नौ लाख ८० हजार सात सय ८५ बराबरको आठ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया