बिएल संवाददाता
एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ।
मंगलबार दुबई नेपालले दिएकाे ५३ रनकाे लक्ष्य भारतले ७.१ ओभरमा बिना विकेटकाे क्षति पूरा गर्याे।
भारतका ओपनर अद्रेश सिंहले १३ तथा अर्शिन कुलकर्नीले अविजित ३४ रन प्रहार गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भएकाे थियाे।
नेपालका दीपक बाेहरा १, अर्जन कुमाल ७, उत्तम मगर शून्य, देब खनाल २, गुलसन झा ४, दीपक डुम्रे शून्य, दीपक बाेहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त दामी ८ तथा आकाश चन्द ४ रनमा आउट भए।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए।
याे हारसँग नेपाल जारी एसिया कपकाे समूह चरणबाटै बाहिरिएकाे छ।
नेपाल यसअघि पाकिस्तान र अफगानस्तानसँग पराजित भएकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया