गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ।
गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो।
सम्मेलनमा गैरआवासीय नेपालीहरूको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाएका छन्।
सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरूले आ-आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन्। विज्ञहरूलाई कार्यक्रममा सहभागि गराउन र कार्यक्रमको मोडालिटी तयार गर्न डा. नवराज रोसियाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ।
समितिको सदस्यमा राजु अर्याल, चिरन्जीबी खड्का र डा. बोधराज पौडेल रहेका छन्।
सम्मेलनमा युरोपस्थित करिब दुई दर्जन देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरिएको संघको समाचार संयोजक चिरन शर्माले जनाकारी दिएका छन्।
समितिमा संघका यूरोपस्थित सबै पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरू, संघका राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवहरू रहेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेलाको समेत आयोजना गर्दै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया