बिएल संवाददाता
आफ्नो २३९ वर्ष लामो इतिहासमा स्कटल्यान्डको ब्रोडसिट दि हेराल्ड पत्रिकाले पहिलो पटक महिला सम्पादक नियुक्त गरेको छ।
पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो। उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।
सालमन्डले डोनाल्ड मार्टिनको स्थान लिनेछिन्। मार्टिनको कार्यकाल यही ३१ अगस्टमा समाप्त हुँदै छ।
‘उनले भनिन्, ‘दि हेराल्डमा आबद्ध हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु र यस नयाँ अध्याय इतिहासमा रोमाञ्चक हुनेमा म विश्वस्त छु।
उनले अगाडि भनिन्, ‘हामी स्कटल्याण्डको उत्कृष्ट समाचार ब्रान्डहरू मध्येको एउटा अनलाइन र प्रिन्टमा अपेक्षित बलियो, तीव्र, र ऊर्जावान पत्रकारिता प्रस्ताव गर्छौं भन्ने सुनिश्चित गर्दै पत्रिका र यसका कर्मचारीलाई विजेता बनाउँदै मैले दृढता र जोससहित नेतृत्व गर्नेछु’, उनले भनेकी छिन्।
‘हाम्रो उद्योगले सामना गरेको दबाबप्रति हामी सबै सचेत छौँ, तर बौद्धिक, दृढ र अगाडि सोच्ने एउटा समूहसहित दि हेराल्डलाई राम्रो तहमा राखिएको छ।’
न्युजक्वेस्ट स्कटल्यान्डका प्रधानसम्पादक क्यालुम बेयर्डले थपे, ‘यो स्पष्ट थियो की क्याथरिनको महत्वाकांक्षा हाम्रो आफ्नैसँग मेल खान्छ र उनको दृष्टिकोण दिन समूहसँग कसरी काम गर्छिन भन्ने हेर्न हामी उत्सुक छौ।’
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया