बिएल संवाददाता
दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक-सु को महाअभियोग खारेज गरेको छ। सोमबार अदालतले महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरेको हो।
महाअभियोग खारेज भएलगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरिएको छ।
तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए। उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए।
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेका र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले मात्र यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।
नौ सदस्यीय इजलासमा हाल आठ न्यायाधीश छन् किनकि एक जनाको नियुक्ति बाँकी छ। कार्यवाहक राष्ट्रपतिले बाँकी न्यायाधीश नियुक्ति गर्नेछन्।
गत वर्ष डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत हानविरुद्ध महाभियोग लगाइएको थियो। त्यसपछि उनी निलम्बित भएका थिए।
अदालतले पदमा पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै तारिफ गरे।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया