एजेन्सी
राष्ट्रपति युन सुक योलको महाभियोगमा चलिरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा व्यहोर्नु परेको छ।
कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन्।
सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ-जिनले भने, ‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पुर्याएका छन्। कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ। तर, उनीहरू देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन्।’
उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए। यूनको महाभियोगपछि कार्यवाहक राष्ट्रपतिको रूपमा रहेका प्रधानमन्त्री हान डक सूलाई पनि महाभियोग लगाएपछि दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ।
विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ। ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ। देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ,’ अर्थशास्त्रीहरूले भनेका छन्।
यता, महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरिएको छ।
योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागू गरेको अभियोगमा छानविन गर्न पक्राउ गरिएको जनाइएको छ। योलले गत गत महिना देशमा आपतकालिन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया