रामकुमार परियार
संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली फुटबल प्रेमिहरूद्वारा सञ्चालित युथ स्पोर्टिङ फुटबल क्लबले पहिलो लेजेन्डरी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी मार्च १६ तारिख दुबईको देरास्थित स्पोर्ट बेमा आयोजना गरिने प्रतियोगितामा १४ भेट्रान टोलि बिच प्रतिस्पर्धा हुने आयोजकले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।
युएईमा नेपाली समुदायबिच पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुन लागेको क्लबले जानकारी दिएको छ।
लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा क्वालिफायर राउन्डका विजेता टोलिहरुबिच मेन कपको लागि प्रतिस्पर्धा हुने आयोजक युथ स्पोर्टिङ क्लबका प्रमुख कार्यकारी प्रबिन श्रेष्ठले जानकारी दिए।
त्यसैगरी क्वालिफायर राउन्डमा उपविजेता बनेकाहरुबिच प्लेट कपको लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताए।
प्रदेशी हातेमालो सहकारी, एभरेस्ट म म रेस्टुरेन्ट, बिबिएम ईन्भेस्टमेन्ट, डाबर भाटिका, माई एभरेस्ट वाटर र अर्जुन बहादुर गौलीको प्रायोजन रहने प्रतियोगितामा मेन कपको विजेताले २ हजार दिराम नगद पुरस्कार सहित, मेडल, ट्रफि र याच टुरको प्याकेज पाउने बताईएको छ। त्यसैगरी उपविजेताले समेत नगद पुरस्कार १ हजार दिराम पाउने बताईएको छ।
प्रतियोगितामा सहभागी सम्पुर्ण टोलीलाई डाबर भाटिकाको तर्फबाट गिफ्ट ह्याम्पर समेत उपलब्ध हुने बताईएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया