रामकुमार परियार
संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली फुटबल प्रेमिहरूद्वारा सञ्चालित युथ स्पोर्टिङ फुटबल क्लबले पहिलो लेजेन्डरी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी मार्च १६ तारिख दुबईको देरास्थित स्पोर्ट बेमा आयोजना गरिने प्रतियोगितामा १४ भेट्रान टोलि बिच प्रतिस्पर्धा हुने आयोजकले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।
युएईमा नेपाली समुदायबिच पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुन लागेको क्लबले जानकारी दिएको छ।
लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा क्वालिफायर राउन्डका विजेता टोलिहरुबिच मेन कपको लागि प्रतिस्पर्धा हुने आयोजक युथ स्पोर्टिङ क्लबका प्रमुख कार्यकारी प्रबिन श्रेष्ठले जानकारी दिए।
त्यसैगरी क्वालिफायर राउन्डमा उपविजेता बनेकाहरुबिच प्लेट कपको लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताए।
प्रदेशी हातेमालो सहकारी, एभरेस्ट म म रेस्टुरेन्ट, बिबिएम ईन्भेस्टमेन्ट, डाबर भाटिका, माई एभरेस्ट वाटर र अर्जुन बहादुर गौलीको प्रायोजन रहने प्रतियोगितामा मेन कपको विजेताले २ हजार दिराम नगद पुरस्कार सहित, मेडल, ट्रफि र याच टुरको प्याकेज पाउने बताईएको छ। त्यसैगरी उपविजेताले समेत नगद पुरस्कार १ हजार दिराम पाउने बताईएको छ।
प्रतियोगितामा सहभागी सम्पुर्ण टोलीलाई डाबर भाटिकाको तर्फबाट गिफ्ट ह्याम्पर समेत उपलब्ध हुने बताईएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया