बिएल संवाददाता
कृष्णजन्माष्टमी अर्थात् भदौ ३ देखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेका छन्।
सिजी ल्यान्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए। कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मेहम्मे परेको थियो। हजारौं दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए।
ओएसीस एजुकेसनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए। बुद्धि तामाङ र रवीन्द्र झाले दर्शकहरूलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए।
गायक रवि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउँदा दर्शकहरू निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए। चितवनवासी दर्शक स्रोताबाट पाएको माया, सम्मान र हौसलाले आफूहरूलाई निकै खुसी लागेको अभिनेता पुष्पले बताए। उनले आफू जहिल्यै चितवन आउँदा पनि औधि माया पाइरहेको स्मरण गरे।
निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसावले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपूर माया र साथको अपेक्षा राखेको बताइन्। साँझ ५ बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया