बिएल संवाददाता
बलिउडमा त्यस्ता धेरै अभिनेत्रीहरू थिए। जसकाे डेब्यू फिल्म त्यति राम्राे थिएन। काेही आफ्नो कालो रंगकाे कारण त काेही आफ्नो उचाइकाे कारण बलिउडबाट हेपिनु बाध्य भए अभिनेत्रीहरू।
तरपनि कडा परिश्रम, सहिष्णुता र समर्पणका कारण ती अभिनेत्रीहरूले आफ्नो छुट्टै पहिचान बनाए। ती अभिनेत्रीहरूमा समावेश छिन् रानी मुखर्जी।
रानी मुखर्जीको जन्म २१ मार्च १९७८ मा मुम्बईमा भएको थियो। उनका पिता राम मुखर्जी फिल्माया स्टुडियोका संस्थापक र फिल्म निर्देशक थिए।
उनकी आमा कृष्णा मुखर्जी बंगाली पार्श्व गायिका थिइन्। रानीका जेठा भाइ राजा मुखर्जी फिल्म निर्देशक र निर्माता हुन्। उनकी काकी देबश्री रोय बंगाली अभिनेत्री थिइन्।

रानी मुखर्जीका बुबा राम मुखर्जीका कजिन भाइ सोमु मुखर्जी थिए, जो काजोलका बुबा थिए। काजोल र रानी दाजुभाइका छाेरीहरू हुन्।
रानी मुखर्जीले मुम्बईको मानेकजी कूपर हाई स्कूलबाट पढेकी थिइन्। यसपछि उनले एसएनडीटी महिला विश्वविद्यालयबाट गृह विज्ञान विषयमा स्नातक गरिन्।
रानीले उडिया नृत्य पनि सिकेकी छिन्। रानी मुखर्जीले अभिनय, नृत्य र गायनका सीप आफ्ना आमाबुवा र परिवारका अन्य सदस्यहरूबाट सिकेकी थिइन्। रानीले आफ्नै केही चलचित्रमा गीत पनि गाएकी छिन्।
फिल्मी ब्याकग्राउन्ड भएरपनि उनी आफैंले अडिशन दिएकी थिइन्। रानीले आफ्नो पहिलो फिल्म बियार फूल (१९९६) पाइन् जुन बंगाली फिल्म थियो।
तर उनले बलिउडमा काम पाउन सकिनन्। निर्देशक अशोक गायकवाडले उनलाई आफ्नो फिल्म राजा की आएगी बारातका लागि राेजे।
सन् १९९७ मा आएको फिल्म फ्लप भयो। तर यश चोपडाका छोरा आदित्य चोपडाले उनको काम मन पराए। त्यही बेला करण जोहर आफ्नो डेब्यू फिल्म ‘कुछ कुछ होता है’ मा ‘टीना’ को भूमिकाका लागि नयाँ केटीको खोजीमा थिए।
आदित्य र करण बाल्यकालका साथी थिए, त्यसैले आदित्यले करणलाई नयाँ केटी आएको छ, उसलाई ट्राई गर भनेका थिए।
मिडिया रिपोर्टका अनुसार जब करणले रानीको तस्बिर देखे, उनले स्पष्ट रूपमा भने कि उनी कालो छालाकी छिन् र उनको उचाइ पनि कम छ, कसरी उनलाई ग्लैमरस देखाउने हो।
करणले रानीको नाम छोडे र धेरै अडिसन लिए तर काेही कसैलाई मन पराएनन् करणले। अन्ततः आदित्यको आग्रहमा रानी मुखर्जीलाई टीनाको भूमिकाका लागि छनोट गरियो।
२०१४ मा रानीले यशराज फिल्म्सका मालिक आदित्य चोपडासँग विवाह गरिन्। जसबाट उनको छोरी आदिरा जन्मिइन्। रानी ठूलो साम्राज्यको मालिककी श्रीमती हुन्, त्यसैले उनले चाहेमा ठूलो बजेटको फिल्ममा काम गर्न सक्छिन्।
तर अहिले उनी कम बजेटका र आम मानिसहरू जोडिन सक्ने साधारण फिल्म छनोट गर्छिन्। जसका कारण पछिल्ला केही वर्षमा रिलिज भएका उनका फिल्म सफल भएका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया