बिएल संवाददाता
बलिउडका चर्चित जोडीहरूमध्ये एक हो रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू सामाजिक सञ्जालमा सँगै देखिन्छन्। विवाह भएको १२ वर्ष भइसकेको छ। त्यहीपनि उनीहरू एकअर्कोसँग प्रेमी र प्रेमिका जस्तै देखिन्छन्।
खासमा, उनीहरूको लव–स्टोरी सन् २००३ सालदेखि सुरु भएको थियो। उनीहरूले नै पहिलोपटक ‘तुझे मेरी कसम’ बाट बलिउडमा डेब्यू गरेका थिए। तर त्योबेला उनीहरूले एकअर्कोलाई मनपराउदैन थिए। पहिलोपटक रितेशलाई जेनेलिया अनौठो लागेको थियो भने जेनेलिया भने रितेश घमण्डी लागेको थियो।
तर विस्तारै उनीहरू साथी बने। र, २००४ सालमा उनीहरूले ‘मस्ती’ फिल्ममा काम गरे। त्यही फिल्मबाट उनीहरूबीच नजिकी बढ्दै गयो। उनीहरू सधैं सँगै हुन्थे। एकसाथ नहुँदा उनीहरू एकअर्कोलाई चिठ्ठी लेख्ने गर्थे।
रितेशले एक मिडियामा अन्तवार्ता दिँदै भनेका थिए कि उनीहरू एकअर्कोसँग चिठ्ठी लेखेर कुराकानी गर्थे। किनकी त्योबेला फोन र म्यासेज धेरै महँगो थियो। जब रितेश न्यूयोक र जेनेलिया साउथ फिल्ममा काम गरिरहेका थियो त्यतिबेला उनीहरू चिठ्ठीमा कुराकानी गर्थे। र, रितेशले चिठ्ठी लेखेरै जेनेलियालाई प्रेम प्रस्ताव राखेका थिए।
दुई पटक विवाह
रितेश र जेनेलियाले एक पटक होइन दुई पटक विवाह गरेका थिए। पहिले त उनीहरूले महाराष्ट्रियन रीति–रिवाजमा विवाह गरेका थिए भने अर्को पटक चर्चमा विवाह गरेका थिए। अहिले उनीहरूको दुई वटा छोराछोरी छन्। र, सामाजिक सञ्जालमा एक्टिव छन्।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया