बिएल संवाददाता
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो।
निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्।
‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए। उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।
चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यू गर्दैछन्।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्। यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन्।
‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया