बिएल संवाददाता
हलिउडका प्रख्यात अभिनेता माइक नुसबौमको ९९ वर्षको उमेरमा निधन भएकाे छ। उनकाे गत शनिबार (२३ डिसेम्बर)को दिन प्राकृतिक रुपले निधन भएको उनका पुत्र करेन नुसबौमले पत्रकारहरुलाई जानकारी दिएका छन्।
२९ डिसेम्बर १९२३को दिन शिकागो, इलिनोयमा जन्मेका अभिनेता नुसबौमको सय वर्ष पुग्न केवल ६ दिनअघि मात्र निधन भएको हो।
४० सिनेमाहरुमा मुख्य चरित्रहरुमा अभिनय गरेका नुसबौमद्वारा अभिनित केही चर्चित सिनेमाहरुमा म्यान इन ब्लयाक (१९९७), फिल्ड अफ ड्रिम्स (१९९८), हाउस अफ गेम्स (१९८७) आदि हुन्।
द्वीतिय विश्वयुद्धको समय अमेरिकी सेनामा रहेर विभिन्न युद्ध क्षेत्रहरुमा कार्यरत रहेका नुसबौमको निधनले आफूलाई दु:ख लागेको अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उदृत गर्दै उनको सचिवालयले एक विज्ञप्ति जारी गरेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया