बिएल संवाददाता
हलिउडका प्रख्यात अभिनेता माइक नुसबौमको ९९ वर्षको उमेरमा निधन भएकाे छ। उनकाे गत शनिबार (२३ डिसेम्बर)को दिन प्राकृतिक रुपले निधन भएको उनका पुत्र करेन नुसबौमले पत्रकारहरुलाई जानकारी दिएका छन्।
२९ डिसेम्बर १९२३को दिन शिकागो, इलिनोयमा जन्मेका अभिनेता नुसबौमको सय वर्ष पुग्न केवल ६ दिनअघि मात्र निधन भएको हो।
४० सिनेमाहरुमा मुख्य चरित्रहरुमा अभिनय गरेका नुसबौमद्वारा अभिनित केही चर्चित सिनेमाहरुमा म्यान इन ब्लयाक (१९९७), फिल्ड अफ ड्रिम्स (१९९८), हाउस अफ गेम्स (१९८७) आदि हुन्।
द्वीतिय विश्वयुद्धको समय अमेरिकी सेनामा रहेर विभिन्न युद्ध क्षेत्रहरुमा कार्यरत रहेका नुसबौमको निधनले आफूलाई दु:ख लागेको अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उदृत गर्दै उनको सचिवालयले एक विज्ञप्ति जारी गरेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया