बिएल संवाददाता
नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ। दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए।
भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्। अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन्। गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो।
गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। सार्वजनिक तस्विरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन्। साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ। नेपाली सिनेमाका निर्माता न्यौपाने नेपाली म्युजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन्।
गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ। सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्।
लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्।
.jpg)
.jpg)
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया