बिएल संवाददाता
भारतीय टिवीमा मात्र होइन फिल्ममा पनि आफ्नो अभिनयको जादू चलाएकी छन् अनिता हंसनन्दनीले। आफ्नो स्टाइलिश लुक्स र अभिनयको कारण सधैं चर्चामा छाइरहन्छिन् उनी।
रोहित रेड्डीसँग विवाह बन्धनमा बाँधिइसकेकी अनिता अहिले खुसी छिन्। जसलाई उनी सामाजिक सञ्जालमा पनि सेयर गरिरहेकी हुन्छिन्। तर कुनै समय यस्तो पनि थियो कि रोहित अनिताको लागि पूरै तरिकाले नौलो थिए।
तर भनिन्छ नि, प्रेम साँचो भयो भने प्रेम जीवन पनि सफल हुन्छ। उनीहरूको प्रेम कहानी पनि निकै चाखलाग्दो छ।
अनिता र रोहित एउटै जिममा वर्कआउट गर्थे। अनिताको त्यही एक्ट्रिभ लुक्स देखेर फिदा भइसकेका थिए रोहित। विस्तारै अनिता र रोहितको अरू ठाउँमा पनि भेटघाट हुँदै गयो। रोहितले अनिताको बारेमा जान्नका लागि अनेकौं प्रत्यन्न पनि गरिरहे।
त्यसपछि उनीहरूको कुराकानी फेसबुकमा हुन थाल्यो। रोहित टिवी समाचारहरू त पढ्थे तर उनलाई थाहा थिएन कि अनिता एक चर्चित अभिनेत्री हुन्।
कयौं टिवी सिरियलमा अभिनय गरिसकेकी अनिताको चर्चा भने सबैभन्दा धेरै नागिन सिरियलमा भयो। अहिलेपनि उनलाई अधिकांश दर्शकहरूले नागिन भनेर चिन्ने गरेका छन्।
खासमा उनीहरूको भेट एक साथीद्वारा भएको थियो। पहिलो दिनै अनितालाई महसुस भएको थियो कि रोहित एक जेन्टलमेन्ट व्यक्ति हुन्। उनको डिम्पल र शरीर देखेर पनि अनिता निकै प्रभावित भएकी थिइन्।
विस्तारै–विस्तारै उनीहरूको भेट्नेक्रम बढ्दै गयो। उनीहरूलाई महसुस हुन थाल्यो कि उनीहरू एकअर्कोलाई मनपराउँछन्। र, एकअर्कोको लागि नै बनेका हुन्।
त्यस्तै एकदिन अनिताले धेरै रक्सी पिएकी थिइन्। त्यही रक्सीको मातमा उनले रोहितलाई पनि मनपरी गाली दिइन्। तर भोलिपल्ट बिहानै उनले आफ्नो गल्तीबारे बुझिन्। रोहितसँग माफी मागिन्। त्योबेला उनले रक्सी छोड्ने पनि बताएकी थिइन्।
तर रोहित आफैंले उनलाई रक्सी छोड्नको सट्टा आफूलाई कन्ट्रोल गर्न सुझाए। त्यसपछि अनितालाई महसुस भएको थियो कि रोहित उनको लागि एउटा राम्रो जीवनसाथी बन्न सक्छ।
सन् २०१३ सालमा विवाह गरेका रोहित र अनिताको अहिले एउटा सन्तान छन्। र, उनीहरू धेरै खुसी छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया