बिएल संवाददाता
कुनैबेला भारतको चर्चित टिवी सिरियल ‘सास भी कभी बहु थी’बाट करिअरको सुरुआत गरेकी थिइन् अभिनेत्री करिश्मा तन्नाले।
तर, चर्चित सिरियलमा काम गरेको भएपनि उनको लागि त्यतिधेरै फाइदाजनक साबित भएन। भलै, उनी टिवीकी नाम चलेकी अभिनेत्री भएकी छिन् तर फिल्ममा पाइला टेक्नु उनले धेरै संघर्ष गर्नुपर्यो।
जब उनी फिल्मको लागि अडिशन दिन जान्थिन्, तब उनलाई हाइट र अनुहारको कारण रिजेक्ट गरिदिन्थ्यो। टिवीकी अभिनेत्री भएकै कारण उनका लागि सहज थिएन फिल्ममा काम गर्न।
उनका अनुसार सिरियलकी अभिनेत्रीभन्दा पनि नयाँ अनुहारलाइृ फिल्म खेलाउन रुचाउँछन् प्रोडयूसरहरू।
एक अन्तवार्तामा उनले भनेकी थिइन्, ‘अधिकांशजसो प्रोड्यूसरले फिल्मको लागि नयाँ अनुहार नै रोज्छन्। तर नयाँ अनुहारको मतलब के हो र? धेरै कम मानिसहरू हुन्छन्, जो टिवीका अभिनेत्रीलाई फिल्मका लागि एप्रोज गर्छन्।’
उनको अनुसार अभिनेत्रीको कारण धेरै सम्मान पाइन्छ तर काम पाउनै मुश्किल छ। जब उनले आफूलाई टीवीकी अभिनेत्री बताइन्, त्योबेला उनले आफूलाई अपमानित र उदास भएको महसुस गरिन्। टिवीकी अभिनेत्री भएकै कारण उनलाई कयौं पटक फिल्मबाट रिजेक्ट गरियो।
पुरानो दिनलाई याद गर्दै उनले भनिन्, ‘यो बेइज्जत जस्तै हो। मलाई थाह छैन किन मानिसहरूले अभिनेत्रीलाई एक श्रेणीमा राख्छन्? फिल्म र टिवीबीच जुन लाइन छ त्यो किन मेटिएको छैन। आखिर अभिनेत्री त अभिनेत्री नै हुन् नि।’
उनका अनुसार विगतका दिनमा टिवी, फिल्म र थिएटर अभिनेत्रीहरूबीच धेरै फरक मानिन्थ्यो। तर अहिले उनलाई लाग्छ कि समय परिवर्तन भएको छ। त्यहीपनि टिवी अभिनेत्रीको जीवन संघर्षले भरिएको छ।
भलै, टिवी अभिनेत्रीलाई मानिसहरूले सम्मान गर्छन् तर काम पाइन्छ कि पाइँदैन। त्यसको कुनै टुङ्गो हुँदैन।
उनी आफ्नो अनुभव बताउँदै भन्छिन्, ‘तिमी धेरै अग्लो छौं, तिमी धेरै राम्री छौं। क्यारेक्टरको लागि फिट छैनौं। यी कारणहरूले मेरो रिजेक्शन हुन्थ्यो।’
कुनैपनि अभिनेत्रीलाई फिल्ममा काम नदिनका लागि प्रोड्यूसरले अनेकौं कारण दिने गरेको उनको भोगाइ छ। पछिल्लो समयमात्र करिश्मा बेब सिरिज ‘स्कूप’मा देखिएकी थिइन्। जहाँ उनले पत्रकारको भूमिका निभाएकी थिइन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया