बिएल संवाददाता
बलिउडकी अभिनेत्री जरीन खानलाई सलमान खानले लन्च गराएका थिए। तर फिल्ममा आउनुअघि उनले जीवनमा कयाैं संघर्ष गरिन्।
१४ मे १९८७ मा मुम्बईमा जन्मिएकी जरीन खान पठान परिवारकी हुन्। उनले रिजवी कलेज अफ साइन्समा पढेकी थिइन्।
इन्डियन एक्सप्रेसका अनुसार जरीन खानले आफ्नो एक अन्तर्वार्तामा उनको बुबाले आमालाई किशोरावस्थामा छोडेको बताएकी थिइन्।
१२ कक्षा पूरा गरेपछि जरीनले कल सेन्टरमा काम गर्न थालिन्। उनी मुम्बईको एक कर्पोरेट कम्पनीको कल सेन्टरमा काम गर्थिन् र यससँगै उनले पढाइमा पनि निरन्तरता दिएकी थिइन्।
जरीन खानकी एक बहिनी पनि छिन्। कल सेन्टरमा काम गर्नुका साथै उनले धेरै ब्रान्डका मोडलको प्रचार पनि गरेकी छिन्।
जरिन खान एयरलाइन्समा काम गर्न चाहन्थिन् तर उनको तौल १०० किलो भएकाले काम उपयुक्त थिएन। यसपछि अभिनेत्रीले तौल घटाउनमा ध्यान केन्द्रित गरिन् र त्यस क्रममा जरिन फिल्म युवराज (२००५) को सेटमा पुगिन्।
सलमान खानले त्यस फिल्मको सेटमा पहिलो पटक जरीनलाई देखे र पछि उनलाई अफिसमा बोलाए। जरिनलाई फिल्म वीर (२००९) का लागि साइन गरिएको थियो। फिल्म वीर बक्स अफिसमा फ्लप भयो तर जरीन सलमान खानकी नजिकको साथी बनिन्।
यसपछि जरिन ‘अक्सर २’, ‘हेट स्टोरी ४’, ‘१९२१’, ‘वजह तुम हो’, ‘हेट स्टोरी ३’, ‘हाउसफुल ३’ र ‘हम भी अकेले तुम भी अकेले’ जस्ता फिल्ममा देखिइन्। तर जरीन खानको बलिउड करियर राम्रो चलेन।
जरिन खान पञ्जाबी फिल्मतिर लागेकी छिन् र त्यहाँ धेरै सफल फिल्महरूमा मुख्य अभिनेत्रीको रूपमा काम गरिरहेकी छिन्। जरीनले आफ्नो परिवारको भाग्य परिवर्तन गरिन् र आज आफ्नी आमा र बहिनीसँग खुसी छिन्।
जरीन खान इन्स्टाग्राममा निकै सक्रिय छिन्। जहाँ उनलाई १६ करोड मानिसले फलो गरेका छन् र उनको आम्दानीको स्रोत फिल्म र सामाजिक सञ्जाल हो। र, उनी कराेडाैंकाे मालिकनी भएकी छन्।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया