बिएल संवाददाता
यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ को पहिलो पोस्टर सार्वजनिक भएकाे छ। शुक्रबार पोस्टर सार्वजनिक भएकाे चलचित्र पुष ५ गतेदेखि प्रदर्शन हुनेछ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन्।
चलचित्रमा कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र रामगोपाल थापा रहेका छन् भने निर्माण सहयोग जनता प्रशारण तथा प्रकाशन प्रा.लि.रहेको छ।
सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि दाइजो विरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, संगीत चण्डी प्रसाद काफ्ले, दिपक शर्मा, गायन शिव परियार, निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामाको रहेको छ।
गत चैत ८ गतेदेखि शुटिङ सुरु भई करिब एक महिनामा छायांकन सकिएको फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा रहेको आयोजकले जनाएकाे छ।
मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजलाई पार्ने प्रभावबारे चलचित्र बनेको संकेत पोस्टरले गरेको छ।
भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टिमकाे दाबी छ।
निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको यो फिल्मलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन्।
‘आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ’, उनले भने, ‘प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो। तर यो आगोजस्तै हो। प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ।’
सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपुर्ण कार्य भएको र यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने भए पनि सामाजिक उत्तरदायित्वको रुपमा यो चलचित्र निर्माण गरेको निर्देशक भट्टराईले बताए।
झिल्कोको नेपाल वितरण डिसिएन नेपालले गरिरहेको छ भने अमेरिका र क्यानाडा इपिक इन्टरटेन्मेन्टले वितरण गर्ने सम्झौता भएको कार्यकरी निर्माता उमेश पौडेल बताए। साथै युरोप, अष्ट्रेलिया र मिडिल इष्टमा वितरण अधिकार विक्रिको लागि कुरा भइरहेको उनले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया