बिएल संवाददाता
अभिनेता नाजिर हुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ।
नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन्। उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन्।
उनले भनेकी छन्, 'हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ, एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ। हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै नै आभारी छौँ। त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद। हामी अझै केही विशेष र भव्य लिएर आउने बाचा गर्दछौँ।'
यस फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ। फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ।
यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन्। फिल्मका छाँयाकार भने अलोक शुक्ला हुन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया