बिएल संवाददाता
सलोन सलिना चलचित्रस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ।
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’ ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ। निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ।
उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ। सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ।
चलचित्रमा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्। चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन्। चलचित्रको छायांकन असोज ११ गतेदेखि काठमाडौँबाट सुरु हुनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया