बिएल संवाददाता
गायक अमर चित्रकार र गायिका सरिता महर्जनको नेपाल भाषाको गीत ‘छंगु ल्यूल्यू’ सार्वजनिक भएकाे छ।
शनिबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत सार्वजनिक गरिएकाे हाे।
‘छंगु ल्यूल्यू’ काे संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज बज्राचार्य रहेका छन्।
ज्योति रेकर्डसमा रेकर्डिङ भएको उक्त गीत सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको थियाे।
गायिका महर्जनले दोसल्ला ओढाई सम्मान गर्ने क्रममा आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा लोक गायक रत्न बेहोशी बज्राचार्य तथा ललितपुर महानगरपालिका-१६ अध्यक्ष निर्मलरत्न शाक्यको पनि उपस्थिति रहेको थियाे।
आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लि.की निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान गर्नेहरूलाई मायाको चिनो प्रदान गरिएको थियाे।
उक्त गीतकाे म्युजिक भिडियोका निर्देशक रवि सायमी, कोरियोग्राफर कृष्णभक्त महर्जन, छायाँकन हुन् भने सम्पादन तथा रंग संयोजन अमर चित्रकारले गरेका छन्।
यसैगरी मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुब्रिना चित्रकारलगायत कलाकारहरुको अभिनय गरेका छन्।
म्युजिक भिडियोमा श्रृंगार सनमकुमार श्रेष्ठ र विमला सापकोटाले गरेका छन् भने पोष्ट प्रोडक्सनको जिम्मेवारी सुभाष काफ्लेले बहन गरेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया