बिएल संवाददाता
माल्दिभ्सको राजधानी मालेमा तीजको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ।
बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए।
नेपालबाट कमल विसी ‘माल्दाइ’ र विन्दु परियारको विशेष उपस्थिति रहने छ। अन्य कलाकारहरूमा ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा, कल्पना प्रधानकाे पनि गरिमामय उपस्थिति रहेको आयोजक समितिका अर्का सदस्य निश्चल पाण्डेले जानकारी गराए।
६ सेप्टेम्बरमा मालेको अहमदिया इन्टरनेशनल स्कुलमा दिउँसो ३ बजे आयोजना हुने यस कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया