बिएल संवाददाता
भोजपुरी कलाकार ममता साह (कनक)ले कलाकारलाई हेर्ने सरकारको दृष्टिकोण राम्रो नभएको आरोप लगाएकी छन्।
कलाकारले आफ्नो सम्पूर्ण जीवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन्।
कलाकारलाई सम्मान गर्नुपर्ने, इजत गर्नुपर्ने तर सरकारले कलाक्षेत्रको विकासका लागि कुनै राम्रो योजना नल्याएको उनले जनाएकी छन्।
फिल्म सिटी निर्माणदेखि कलाकारहरु रिटार्य भएपछि उनीहरुलाई पेन्सनको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले कलाकारको कुरा नसुनेको उनको आरोप छ।
‘कलाकारमाथि राज्यको ध्यान छैन। कलाकारले आफ्नो सम्पूर्ण जीवन समाजलाई दिएको हुन्छ। तर सोही अनुसारको सम्मान कलाकारले सरकारबाट पाएको छैन’, भोजपुरीकी चर्चित कलाकार साहले भनिन्, ‘म सरकारलाई भन्न चाहन्छु, कलाकारलाई इजत गर्नुस्, सम्मान गर्नुस् र कलाकारको वर्गीकरण गर्नुस्। साथै उनीहरुलाई सेवा सुविधा पनि दिनु। हाम्रो पनि लगानी छ सरकारमा। म सरकारलाई भन्न चाहन्छु, हामी रिटार्य भएपछि कसरी बाच्ने ? पेन्सनको व्यवस्था गर्नुस्। हामीलाई बाच्ने आधार दिनुस, नत्र हामी कलाकारहरु चुप लागेर बस्दैनौँ।’
आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाकी कोषाध्यक्षसमेत रहेकी साहले कलाक्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने लगानी नै नदेखिएको आरोप समेत लगाइन्। नेपालमा कलाक्षेत्रको विकासका लागि सरकारले अत्याधिक लगानी गर्नुपर्ने भए पनि सरकारले लगानी नै नगर्ने कामले कलाकारहरु असन्तुष्ट रहेका छन्।
उनले फिल्ट सिट निर्माणमा सरकारले लगानी गर्नुपर्ने माग समेत गरिन्। सरकारले लगानी गरेमा नेपालको फिल्म उद्योग पनि राम्रो भविष्य भएको बताउँदै उनले त्यसका लागि सरकार योजनाबद्ध तरिकाले कलाक्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताइन्।
नेपाली कलाकार मिहिनेती र लगनशील भएको बताउँदै उनले राम्रो लगानी भए नेपाली कलाकारले पनि राम्रो प्रतिफल दिन सक्ने बताइन्।
भोजपुरी भाषाको गितसंगीत, फिल्मप्रति बढदै गइरहेको चासो एवं चाहनालाई सम्बोधन गर्न सरकारले मधेसमा सुविधा सम्पन्न फिल्म सिटी निर्माण गर्नुपर्नेसमेत उनले बताइन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया