बिएल संवाददाता
भोजपुरी कलाकार ममता साह (कनक)ले कलाकारलाई हेर्ने सरकारको दृष्टिकोण राम्रो नभएको आरोप लगाएकी छन्।
कलाकारले आफ्नो सम्पूर्ण जीवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन्।
कलाकारलाई सम्मान गर्नुपर्ने, इजत गर्नुपर्ने तर सरकारले कलाक्षेत्रको विकासका लागि कुनै राम्रो योजना नल्याएको उनले जनाएकी छन्।
फिल्म सिटी निर्माणदेखि कलाकारहरु रिटार्य भएपछि उनीहरुलाई पेन्सनको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले कलाकारको कुरा नसुनेको उनको आरोप छ।
‘कलाकारमाथि राज्यको ध्यान छैन। कलाकारले आफ्नो सम्पूर्ण जीवन समाजलाई दिएको हुन्छ। तर सोही अनुसारको सम्मान कलाकारले सरकारबाट पाएको छैन’, भोजपुरीकी चर्चित कलाकार साहले भनिन्, ‘म सरकारलाई भन्न चाहन्छु, कलाकारलाई इजत गर्नुस्, सम्मान गर्नुस् र कलाकारको वर्गीकरण गर्नुस्। साथै उनीहरुलाई सेवा सुविधा पनि दिनु। हाम्रो पनि लगानी छ सरकारमा। म सरकारलाई भन्न चाहन्छु, हामी रिटार्य भएपछि कसरी बाच्ने ? पेन्सनको व्यवस्था गर्नुस्। हामीलाई बाच्ने आधार दिनुस, नत्र हामी कलाकारहरु चुप लागेर बस्दैनौँ।’
आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाकी कोषाध्यक्षसमेत रहेकी साहले कलाक्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने लगानी नै नदेखिएको आरोप समेत लगाइन्। नेपालमा कलाक्षेत्रको विकासका लागि सरकारले अत्याधिक लगानी गर्नुपर्ने भए पनि सरकारले लगानी नै नगर्ने कामले कलाकारहरु असन्तुष्ट रहेका छन्।
उनले फिल्ट सिट निर्माणमा सरकारले लगानी गर्नुपर्ने माग समेत गरिन्। सरकारले लगानी गरेमा नेपालको फिल्म उद्योग पनि राम्रो भविष्य भएको बताउँदै उनले त्यसका लागि सरकार योजनाबद्ध तरिकाले कलाक्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताइन्।
नेपाली कलाकार मिहिनेती र लगनशील भएको बताउँदै उनले राम्रो लगानी भए नेपाली कलाकारले पनि राम्रो प्रतिफल दिन सक्ने बताइन्।
भोजपुरी भाषाको गितसंगीत, फिल्मप्रति बढदै गइरहेको चासो एवं चाहनालाई सम्बोधन गर्न सरकारले मधेसमा सुविधा सम्पन्न फिल्म सिटी निर्माण गर्नुपर्नेसमेत उनले बताइन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया