बिएल संवाददाता
कलाकार आयन राईको ‘छुट्टिन मन छैन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेरो मनको टिभी युट्युब च्यानलमार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गायक भक्त भण्डारी र रोजा राईको स्वर रहेको गीतमा कलाकार आयन राई सुनिता बुढाथोकीले अभिनय गरेका छन। श्रीमान-श्रीमतीको पारिवारिक प्रेमलाई भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ।
‘आज-भोलि धेरै परिवार छुटेका छन, अरुसँग लागेको समाचार आउँछन। बेमेल छ, समस्या पर्दा साथ छोड्नेहरु धेरै छन तर यो भिडियोमा परिवारमा जस्तोसुकै समस्या पर्दा साथ नछोडेको देखाइएको छ’, प्रोडुसर आयनले भने, ‘भिडियोबाट आशावादी छौं।’
भिडियोमा आयन र सुनिताको प्रेम देखाइएको छ।
‘परिवारमा जो कोही बिरामी पर्न सक्छन, आयन त्यहाँ बिरामी हुँदा सुनिताले श्रीमतीको असल भूमिका निर्वाह गरेकी छिन। हामी अहिले देखिएको समाजको बिकृतीलाई मध्यनजर गर्दै पारिवारिक सकारात्मक भिडियो तयार गरेका हौं’, आयन भन्छन, ‘यो अहिलेको आवश्यकता पनि हो। जसले समाजमा राम्रो सन्देश प्रवाह गर्नेछ।’
विवेक हिङमाङले निर्देशन गरेको भिडियोको छायांकन छवि श्रेष्ठ र समीर पौडेलले गरेका हुन।
भिडियाे:
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया