बिएल संवाददाता
कलाकार आयन राईको ‘छुट्टिन मन छैन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेरो मनको टिभी युट्युब च्यानलमार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गायक भक्त भण्डारी र रोजा राईको स्वर रहेको गीतमा कलाकार आयन राई सुनिता बुढाथोकीले अभिनय गरेका छन। श्रीमान-श्रीमतीको पारिवारिक प्रेमलाई भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ।
‘आज-भोलि धेरै परिवार छुटेका छन, अरुसँग लागेको समाचार आउँछन। बेमेल छ, समस्या पर्दा साथ छोड्नेहरु धेरै छन तर यो भिडियोमा परिवारमा जस्तोसुकै समस्या पर्दा साथ नछोडेको देखाइएको छ’, प्रोडुसर आयनले भने, ‘भिडियोबाट आशावादी छौं।’
भिडियोमा आयन र सुनिताको प्रेम देखाइएको छ।
‘परिवारमा जो कोही बिरामी पर्न सक्छन, आयन त्यहाँ बिरामी हुँदा सुनिताले श्रीमतीको असल भूमिका निर्वाह गरेकी छिन। हामी अहिले देखिएको समाजको बिकृतीलाई मध्यनजर गर्दै पारिवारिक सकारात्मक भिडियो तयार गरेका हौं’, आयन भन्छन, ‘यो अहिलेको आवश्यकता पनि हो। जसले समाजमा राम्रो सन्देश प्रवाह गर्नेछ।’
विवेक हिङमाङले निर्देशन गरेको भिडियोको छायांकन छवि श्रेष्ठ र समीर पौडेलले गरेका हुन।
भिडियाे:
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया