बिएल संवाददाता
बलिउडका अभिनेता सन्जय कपूरकी छोरी शनाया कपूरले फिल्म ‘गुन्जन’ सक्सेनाः द कारगिल गर्ल’मा सहायक निर्देशकको भूमिकामा देखिएकी थिइन्।
फिल्ममा उनी असिस्टेण्ट डायरेक्टर थिइन् भने उनी दिदी जान्ह्रवी कपूर मुख्य भूमिकामा थिइन्।
शनाया कपूरले नेटफ्लिक्सको फिल्म द फ्याबुलस लाइभ्स अफ बलिउड पत्नीमा क्यामियो गरेकी थिइन्। अभिनेत्रीले सन् २०१९ मा ले बाल इन पेरिसमा पनि काम गरिसकेकी छन्।
शनाया कपूरको जन्म ३ नोभेम्बर १९९९ मा भएको थियो। उनले बलिउडमा कदम राखेसँगै उनका परिवार पनि निकै खुसी छन्।
शनाया कपूर अभिनेत्री जान्हवी, खुसी कपूर, अर्जुन कपूर, सोनम कपूरकी बहिनी हुन्। शनाया बलिउड सेलिब्रेटी किड्स सुहाना खान र अनन्या पाण्डेकी नजिककी साथी पनि हुन्।
अनन्या पाण्डे, सुहाना खान र शनायाका ग्लैमरस तस्विरहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुन्छन्।
शनाया कपूर अब फिल्म निर्माता करण जोहरको फिल्म बेधडकबाट बलिउडमा आफ्नो करियर सुरु गर्न लागेकी छिन्।
हालै करण जोहरले आफ्नो सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गरेका छन्।
बलिउडमा कदम राख्नअघि नै उनी सोशल मिडियामा छाइसकेकी छन्। उनको इन्स्ट्राग्राममा एघार लाखभन्दा धेरै फलोअर्स छन्।

देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया