शाहरुख खान, चंकी पाण्डे र सञ्जय कपूरकी छोरीहरू सुहाना खान, अनन्या पाण्डे र शनाया कपूरबीचको मित्रताको बारेमा सबैलाई थाहा छ।
तीनै जना बाल्यकालका साथी हुन्। अक्सर, उनीहरू एकअर्काेसँगकाे तस्बिरर भिडियाेहरू सामाजिक सञ्जालमा सेयर गरिरहन्छन्।
हालै मात्र सामाजिक सञ्जालमा सुहाना खान र अनन्या पाण्डेको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुवै मुम्बईको एक रेष्टुरेन्ट बाहिर सँगै देखिएका छन्। यस क्रममा दुवैको लुक्स पनि हेर्न लायक थियो।
सुहाना, अनन्या र शनायाले फ्रेन्डशिप डे मनाए
सुहाना र अनन्यासँगै शनाया पनि थिइन्। तीन स्टार किड्सले फ्रेन्डसिप डे लन्च डेटको साथ मनाए।
सुहाना खान, शनाया कपूर र अनन्या पाण्डे सहरको एक विलासी रेस्टुरेन्टमा एकअर्काको संगतको रमाइलाे गर्दै गरेकाे देखिएका थिए।
यस क्रममा सुहाना खान फ्लोरल म्याक्सी ड्रेसमा देखिएकी थिइन् भने शनायाले सेतो सुन्दर ड्रेस लगाएकी थिइन्।
फेसनको मामिलामा अनन्या पनि पछि परिनन्। यस विशेष अवसरको लागि, उनले आरामदायक सेतो क्रप टप र नीलो को-अर्ड सेट छनोट गरिन्।
तीनै जना प्रायः पार्टीहरू, क्याजुअल आउटिङहरू र पारिवारिक जमघटहरूमा सँगै बस्छन्। तीनै जनाले एकअर्काको जन्मदिन र विशेष अवसरहरू सँगै मनाउने गरेका छन्।
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया